सिमराको प्रहरी बीटमा आगजनी, झडपमा दर्जनौं घाइते

फागुन १०, बारा- प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो । स्थानीयले आजपनि बिहानैदेखि निकालेको विरोध र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच बिहानैबाट झडप भएपछि सिमरा तनाबग्रस्त भएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न भन्दै दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको कुटाइबाट दर्जनबढी आन्दोलनकारी घाइते भएका छन् । आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

आमड्तालका कारण आज पनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार तथा शिक्षण संस्थासमेत बन्द छन् ।
भुमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय फिर्ता भएपछि स्थानीयबासी आन्दोलित छन् ।