२९ महिलाको बलात्कार गर्ने पुरुषलाई १५३५ वर्ष जेल

फागुन १०,काठमाडौ-दक्षिण अफ्रिकाको एक अदालतले ५ वर्षको अवधीमा करिब २९ महिलाको बलात्कार गर्ने व्यक्तिलाई १ हजार ५ सय ३५ वर्षको जेल सजाय सुनाएको छ ।

गुएटेन्ग प्रान्तको तेबिंसा क्षेत्रका ३५ वर्षीय अलबर्ट मोराकेले सन् २००७ देखी बलात्कारको श्रृंखला सुरू गरेका थिए र उनलाई सन् २०१२ मा मात्र पक्राउ गरिएको थियो ।

उक्त अवधीमा उनले करिब २९ महिलाको बलात्कार गरेका थिए । शुक्रबार प्रकाशित समाचारहरूका अनुसार जोहानेशवर्ग अदालतले बिहिबार उनलाई १ हजार ५ हजार ३५ सजाय सुनाएको थियो ।

यसमा बलात्कारका ३० मुद्दा मा ३० पटक जन्मकैद, लुटपाट र हत्याको प्रयास, अपहरण सहित अन्य अपराधको लागी ३ सय ६० वर्ष कैद सजाय समावेश गरिएको छ । एजेन्सीको सहयोगमा