एमाले नेता नेपालले भने–विपक्षी मोर्चासँग सहमतिको सम्भावना बढ्यो

फागुन ९, धनगढी – नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विपक्षी दलहरुसँग सहमतिको सम्भावना बढ्दै गएको बताएका छन् ।पछिल्लो चरणमा आफूले एमाओवादीसहितको ३० दलीय मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतीका लागि सकरात्मक देखिएको नेता नेपालले बताए । उनले आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वीजय गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत मोर्चाका नेताहरुसँग छलफल गरेको बताए ।

कञ्चनपुरमा हुने भूमिअधिकार मञ्चको कार्यक्रममा सहभागि हुन आएका नेता नेपालले आज धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाओवादी सहितको विपक्षी मोर्चालाई वार्ता ल्याउनमा सत्ता पक्षले अलिबढि नै मेहेनत गर्याे भने पुनः अबरुद्ध सम्वाद शुरु हुनसक्ने बताए ।
संविधान जारी गर्दा यसअघि सहमती भएका मूल स्प्रीट गणतन्त्र, संघीयता, धर्मनिरक्षेपता समावेशीता सवालमा ध्यान दिइने नेता नेपालले बताए । नेता नेपालले अहिल्यै सरकार परिवर्तन हुन नसक्ने बताउँदै विपक्षी मोर्चा पनि सरकारमा सामेल हुन चाहे विस्तार गर्न सकिने प्रतिक्रिया दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले हालै तत्कालीन प्रतिनिधी सभा पुनर्स्थापना गर्दा दलसँग केही सम्झौता भएको भनि दिएको अभिब्यक्ति सरासर झुठ भएको बताउँदै नेता नेपालले २०६३ बैशाख ११ गतेको बक्तब्यमा भएको नै ठीक भएको बताए ।