कुमारी आमा बन्ने बताएकी प्रियंकाको बच्चाको बाबु को ?

मुम्बई-बलिउडकी मेरीकोम गर्ल अर्थात् प्रियंका चोपडाले आफुलाई आमा बन्न मन लागेको बताएकी छिन । उन्ले आफ्नो रहर देखि लभ अफेयरको कुरा सम्म एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा खुलाएकी हुन् ।

पछिल्लो समय अभिनयसंग गायनलाई पनि अगाडी बढाई रहेकी प्रियंकाले म्यागजिनमा हर्मन बाबेजा देखि शहिद कपूरसम्म को चर्चा गरेको जनाइएको छ । प्रियंकाको नाम रोमान्स किङ शाहरुख खानसंग पनि जोडिएर आइसकेको छ । त्यस कारण पनि प्रियंकाको यो अन्तर्वार्ता पाठक र फिल्मकर्मीको लागि प्रतिक्षित छ ।