संविधान जारी हुन नदिने षड्यन्त्र पुरा हुँदैनः नेता खनाल

फागुन ९,काठमाडौँ- नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सहमति नभए यथेष्ठ सहमतिको आधारमा संविधान जारी हुने प्रष्ट पार्नु भएको छ । भानुभक्त उच्च माबि इलाम र लायन्स मनराम प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा खनालले केहि शक्ति अहिले पनि संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उनीहरुको षड्यन्त्र पुरा नहुने दावी गर्नुभयो ।एकीकृत माओवादीसहितका केहि दलले संविधानसभा छाडेर आन्दोलनको घोषणा गर्नुले उनीहरुले संविधानसभाबाट भाग्न खोजेको प्रष्ट भएको उहाँको आरोप थियो ।

यस्तै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले संविधान निर्माणको लागि गम्भिर हुन दलहरुलाई आग्रह गर्नु भएको छ । तोकीएको मितिमा संविधान निर्माण हुन नसक्दा जनतामा निराशा बढेको भन्दै उहाँले दलहरुबीच संवाद, वार्ता र सहमतिबाटै मुलुकले निकास पाउने पनि बताउनुभयो ।