माओवादीको छाप लागेको संविधान बन्न दिदैनौं – महासचिब पोख्रेल

फागुन ९,काठमाडौँ- नेकपा एमाले महासचिव इश्वर पोखरेलले माओवादीको छाप लागेको संविधान कुनै हालतमा बन्न नदिने बताउनु भएको छ । एमाले निकट पर्यटन परिषद्ले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले संविधानभित्र रहेका शक्तिको सम्झौतानै दस्ताबेज भएकाले संविधान बनाउन सबैको सहमति आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पर्यटन व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।