राजधानीका बिरामीमा स्वाइन फ्लुको शंका

फागुन ७, काठमाडौँ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक बिरामीमा स्वाइन फ्लुको शंका देखिएपछि निक्र्यौल गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गर्न पठाएको छ ।

ती बिरामीमा उच्च ज्वरो, रुघा खोकी, सास फेर्न गार्हो हुने र पखाला लाग्ने जस्ता लक्षण देखेपछि अस्पतालले स्वाइन फ्लु भएरनभएको निक्र्यौल गर्न खोजेको बताइएको छ ।

भारतको मुम्वइ र दिल्लीवाट राजधानी फर्केका ती व्यक्तिमा सामान्य रुघाखोकी भन्दा फरक लक्षण देखिए पछि उपचारमा संलग्न चिकित्सकले थप परिक्षण पर्खेका हुन् । ुक्लिनिकल परिक्षणमा स्वाइन फलुको शंका भएपछि थप पुष्टि गर्न जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएको स्रोतले जनाएको छ ।