फागुन १६ पछि शसक्त आन्दोलन – भट्टराई

फागुन ७, काठमाडौँ – एकिकूत माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भटराईले सत्ताधारी पार्टीले २०४७ सालको संविधान ल्याउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले काग्रेस एमालेले नजानिदोपाराले २०४७ कै संविधान ल्याउन खोजिरहेको जिकिर गर्नुभयो । सहमतिमा संविधान बन्नुपर्ने भन्दै नेता भटराईले सहमतिका लागि दवाव दिन फागुन १६ गतेपछि चरणबद्ध आन्दोलनमा उत्रिने बताउनुभयो ।

पत्रकार महासंघ नवलपरासीले आयोजना गरेको कार्यक्रममा नेता भटराईले विगतमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, थरुहट आन्दोल लगायतका आन्दोलनबाट प्राप्त उपलब्धीलाई पछाडि धकेल्दै २०४७ सालकै संविधान तर्फ फर्कन खोजेको आरोप लगाउनुभयो । परिवर्तन साथ नयाँ संविधानमा नेपाली जनताहरुको हकअधिकार सुनिश्चित हुने खालको संविधान बन्नु पर्ने ३० दलिय मोर्चाको अडान रहेको बताउदै नेता भटराईले विगतमा भएको सबै सम्झौताहरुलाई भंग गर्दै दुई तिहाई बहुमतको आधारमा नेकपा एमाले र काग्रसले प्रकृयाबाट अग्रगामी संविधान जारी गर्न खोजेकोले बाध्य भएर आन्दोलनमा जानुको बाहेक विकल्प नभएको बताउनुभयो ।