अनियमित विद्युत सेवाका कारण विद्यार्थी मर्कामा

फागुन ७, काठमाडौँ-लोडसेडिङ मुक्त जिल्लाका नामले चिनीने जिल्ला भएपनि रामेछापमा एकै दिनमा पटक पटक बत्ती आउने जाने गर्दा समस्या भएको छ भने कुनै दिन विद्युत नै नआउने गरेको छ ।

विद्युत अनियमित हुँदै एसएलसी दिने परीक्षार्थीलाई समस्या भएको छ भने पत्रकार तथा संचारमाध्यमहरु पनि समस्यामा परिरहेका छन् । यस्तो सेवाबारे विद्युत प्राकिकरणलाई जानकारी गराउँदै भने माथिबाटै यस्तो भएको प्रतिक्रिया दिने गरेको छ ।