विश्वकप क्रिकेटमा बंगलादेशद्धारा अफगानिस्तान पराजित

फागुन ६, काठमाडौं –  विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा बंगलादेश विजयी भएको छ । बंगालदेशले अफगानिस्तानलाई १ सय ६ रनले हरायो । क्यानबेरामा जितका लागि २ सय ६८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४२।५  ओवरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन  सक्यो,  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ६७ रन बनाएको थियो । मुस्फिकर रहिमले ५६ बलमा ७१ रन बनाए । यस्तै सकिब अल हसनले ६३ र अनमुल हकले २९ रन जोडे । ७१ रन बनाउँदै खेलको म्यान अफ द म्याच भएका बंगलादेशका रहिमले जितले खुसी भएको प्रतिक्रिया दिए । ‘ओपनरले धैरै रन जोड्न सकेनन्, तर पनि यो जितको श्रेय उनीहरुलाई पनि जान्छ ।’ उनले थपे ‘किनकी यो पिच सुरुमा ब्याटिङ गर्न निक्कै कठिन थियो, हाम्रा ओपनरले डटेर खेले ।’