प्रचण्डको बोलीको कुनै ठेगान छैन,क्षणभरमा नै बच्चाले झै बोली फेर्ने मान्छे हो प्रचण्ड : रामचन्द्र पौडेल- उपसभापति, नेपाली काँग्रेस

तपाईहरु र विपक्षी बिचको दुरी घट्नुको साटो झन् झन् बढ्दै गएको छ  । के अब समस्या थप बल्झिदै जाने हो नेपाली राजनीतिमा ? 

हाम्रो देशका प्रतिपक्षीले आफ्नो धर्म छोडेका हुन् । त्यसैले राजनीतिमा यस्तो गतिरोध देखा परेको हो । एमाओवादी नेतृत्वको मोर्चाले प्रक्रिया रोके वार्तामा बस्छौँ भेपछि उहाँहरुले भने बमोजिम प्रक्रिया रोक्यौँ तर उहाँहरुले आफ्नो धर्म सम्झिनुभएन । अझै हामीले  जनताका लागी बनाउन थालीएको संविधान रोकेर उहाँहरुलाई कुरेका छौँ । तर उहाँहरु वार्ताका लागी आन्दोलन भन्दै हुनुहुन्छ । यस अघि नै जनमत गुमाइसकेको माओवादीले अब गति छाड्न पो लागेको हो की भन्ने लागीरहेको छ ।

तपाइहरु पनि विगतमा भएका सहमतीहरु कार्यान्वयन गर्न तथा सहमतीमा संविधान जारी गर्न तयार नभएको र वार्ताका लागी आफ्ना मात्रै धारणा राख्ने तर  विपक्षीको कुरा नसुनेको भन्छन् नी उनीहरु ? 

विगतमा भएका सहमतीको उलंघन हामीले कहीँ कतै गरेका छैनौँ । सहमतीमा मात्रै संविधान जारी गर्ने भएको भए यत्रो संविधानसभाको निर्वाचनको औचित्य के ?  जनमतको कदर गर्ने कि नर्गर्ने ?  विषेशेज्ञलाई नै सहमतीका पाना देखाइ दिएर बउनाउनुस भनेको भए भइहाल्थ्यो नि ? यि प्रतिपक्षीका कारण जनप्रतिनीधिले आफ्नो मतको प्रयोग गर्न नपाउने यस्तो अलोकतान्त्रिक अवस्था सिर्जना गर्न खोज्दैछ माओवादी । यहाँ लोकतन्त्र माथि खेलवाड गर्ने कसैलाई अधिकार छैन ।

एमाओवादीका अध्यक्ष प्रचण्ड, बाबुराम लगायतका नेताहरुले तपाइहरुको अटेरीले हद नागे पछि अब आन्दोलनबाट शक्ति प्रर्दशन गरेर यो सरकारलाइ नै उल्ट्याई दिने , राजनीतिक प्रक्रिया बदल्ने भनेका छन् नि ? अब तपायहरु के गर्नुहुन्छ त तपाइहरु ?

एमाओवादीका नेताहरुले  हल्का फुल्का कुरा बोल्दै हिड्नु भएको छ । यत्रो बरिष्ठ नेताले यस्तो बच्चाको झै ललीपप नदिए खाँन्न, हुन्न, जान्न लगायतका कुरा बोल्दै हिड्नु आफैँमा ठुलो गैर जिम्वेवारीपना हो । जुन सारै अपरिपक्क र उहाँहरुमाथिकै नैतिक प्रश्न पनि  हो । उहाँहरुले आज सरकार नै पल्ट्याइदिन्छौँ भन्दै हिँड्नुभाछ । उहाँहरुको बोलीको ठेगान छैन । आज गरेको सहमती पनि भोली भएकौ छैन भन्न बेर लाग्दैन । प्रचण्डको बोलीको कुनै ठेगान छैन । सहमतिको कुनै ठेगान हुँदैन । अन्तराष्टिय जगतमा मान्यता दिन मागीरहेका छौँ भनीरहनुभएको छ ।

अब प्रतिपक्षीलाई के भन्नु हुन्छ त तपाई व्यक्तिगत रुपमा ?

हामीले हरेक पल हरेक क्षण प्रचण्डसँग आज पनि सहमतीको बुँदा कहाँबाट सुरु हुन्छ आउनुहोस् भनेर भनेकै छौँ । उहाँहरु बच्चाका जस्तो कुरा गर्नुहुन्छ  कुन बिन्दुबाट सहमती गर्ने भनेर सोधेका सोध्यौँ छौँ । तर  उहाँहरुले हामीलाई हत्तेसो लगाएर डोराउन खोज्दै हुनुहुन्छ । उहाहरुले जनमतको अपमान गरेको प्रष्टै भइसक्यो । अब जनताले कुरेर बस्दैनन् ।

यसरी स्थगीत रहँदै आएको संविधानसभा कहिले सम्म स्थगीत भइरहन्छ ?

संविधानसभा धेरै दिन स्थगीत हुदैन । अब छिट्टै खुल्छ । संविधान बनाउन जनता आतुर छन् । नेपाली  जनताले शान्ती चाहेको छ ।  हिजोका शान्ती प्रत्रियाका सहयात्रीलाइ हामी सँगै लैजान चाहान्छौँ ।  त्यसैले हामीले प्रक्रिया नै रोकेर उनीहरुलाई कुरेर बसेका छौँ । तर हामीहरु उहाँहरुको नजिकै जान खोज्ने तर उहाँहरु शान्ती र सहमतीबाट दौडेर पन्छिन खोज्दै हुनुहुन्छ । जुन असान्र्दभिक र अराजनितिक क्रियाकलाप हो ।

फागुन १६ गते विपक्षीले भने जस्तो शक्ति प्रर्दशन नभएसम्म राजनीति यसरी नै बढीरहन्छ की अन्य विकल्प केही देख्नुहुन्छ तपाई ?
मलाई लाग्छ माओवादीले जनमत उतार्ने कुरा अबको समयमा सान्र्दभिक हुँदैन । अब उनीहरु शान् िसम्झौता पश्चात् पनि मुलधारको राजनीतिमा आएको पनि बर्षौ भइसक्यो अब काम गर्ने , जनताको मन सिजत्ने बेला भएकाले उहाँहरुको बाटो गलत हो भन्ने आम जनताले बुझीसकेको छ । अब सहमतीमा आउन माओवादीले जति ढिलो गर्छ, त्यसले ठुलो हानी उसैलाई हुन्छ ।

प्रधानमन्त्रीले बक्तब्य दिने संभावना छ यो बिचमा ?
मलाई लाग्छ प्रधानमन्त्रीले सहमतीका लागी पहल गरेपनि वक्तब्य वा अन्य कुरा केही आउँदैन । तर सहमतीका लागी भने हामीले प्रयत्न जारी राख्छौँ । पार्टीको फुल मिटिगं र नेमालेसँग छलफल गरेर भावी रणनीति तय गर्छौ ।

पछिल्लो बिबादले देश फेरी द्धन्द्धमा जाने संभावना छ नि ?
मलाई लाग्छ अब देश द्धन्द्धमा जाँदैन । त्यति सजीलो पनि छैन प्रचण्ड जीहरुलार्य वैद्य र चन्दको बाटोमा हिँड्नलाई ।

तपाइहरुको जिद्दीले देश फेरी द्धन्द्धमा गए त्यसको जिम्मा कस्ले लिन्छ ?
हामीले शान्ती र सहमतीका लागी यत्रो विधि प्रयत्न गर्दा गर्दै पनि उहाँहरु बाउँडिएर हिड्ने हो भने पहिलो समस्या उहाँहरुलाइ नै पर्छ । तर मुलुकमा द्धन्द्ध भने अब हुँदैन । अहिले द्धन्द्ध गछौ भन्ने शक्तिले पनि राम्ररी बुझेका छन् नेपालमा अब द्धन्द्ध सम्भव छैन भन्ने कुरा ।