सहमतीमा नै देशले संबिधान पाउँछ : प्रधानमन्त्री कोइराला

फागुन २, प्यूठान-संबिधान निर्माण प्रकृयामा दलहरु बिच बार्ता अघि बढेको भन्दै प्रधानमन्त्री शुशिल कोइरालाले सहमतीबाटै मुलुकले छिट्टै संबिधान पाउने बताउएका छन् । माघ ८ मा जनतालाई संबिधान दिन नसकेकोमा आफू चिन्तित भएको भन्दै प्रधानमन्त्री कोइरालाले संबिधान आउँदैनकी भनेर जनताले चिन्ता लिन नपर्ने बताए ।

आजदेखि प्यूठान बिजुवारमा सुरु भएको मध्यपश्चिमाञ्चल स्तरिय कृषि, उर्जा र पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै कोइरालाले मुलुकमा सहमतीबाटै संबिधान जारी गरी नेपालका करिब ३५ लाख युवा शक्ति बिदेशी भुमिमा आफ्नो श्रम खेर फालीरहेकोले त्यसको सदुपयोग तर्फ उन्मुख हुने बताएका हुन् ।

उनले एकिकृत नेकपा माओवादी लगायत ३० दलिय मोर्चा सँग पुन बार्ता सुरुभएको र वार्ता सकारात्मक रुपमा अगाडि बढेको दावी गरे  । कोइरालाले कुनै पनि डर त्रार र धम्कीले कसैलाई पनि हित नगर्ने बताउँदै जसरीपनि दलहरुबिच बार्ता भएर सहमतीबाटै संबिधान जारी हुने कुरामा सबैलाई बिश्वस्तहुन आग्रह गरे ।