विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी सुरुवात

फागुन २,काठमाडौं-विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । न्यूजिल्यान्डको घरेलु मैदान क्राइस्ट चर्चमा शनिबार बिहान भएको खेलमा आयोजक टोलीले एसियाली हस्ती श्रीलंकालाई ९८ पराजित गरेको हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३३१ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको श्रीलंका ४६.१ ओभरमा अलआउट हुँदै २३३ रनमा समेटिएपछि न्युजिल्यान्डले उद्घाटन खेलमा जित निकालेको हो । न्युजिल्यान्डलाई प्रभावशाली जित दिलाउने क्रम जिताउने क्रममा कोरी एन्डरसनले सर्वाधिक ७५ रन जोडे त्यसैगरी ब्रेन्डन म्याकुलमले ६५, केन विलियम्सनले ५७ र मार्टिन गुप्तिलले ४९ रन जोडे । श्रीलंकाका लागि सुरंगा लकमल र जीबन मेन्डिसले व्यक्तिगत २-२ विकेट लिए ।
त्यसैगरी रंगना हेरथको नाममा अर्को विकेट रह्यो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाका लागि लहिरु थिरिमानेले सर्वाधिक ६५ रन जोडे । एन्जेलो म्याथुजले ४६, कुमार सांगाकाराले ३९ तिलकरत्ने दिलसानले २४ रन जोडे । श्रीलंकालाई हार चखाउने क्रममा न्युजिल्यान्डका लागि टिम साउथी, ट्रेन बोउल्ट, एडम मिल्न, डानियल भिटोरी र कोरी एन्डरसनले व्यक्तिगत २र२ विकेट लिएका थिए ।