आजबाट चितवनमा सौराहा फुड फेस्टिवल आयोजना हुँदै

फागुन १,चितवन – रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल रेवानले प्रेम दिवसलाई लक्षित गरी आजबाट चितवनमा सौराहा फुड फेस्टिवल आयोजना गर्दै छ । फागुन ४ गते सम्म सञ्चालन हुने फुड फेस्टिवल रत्ननगर नगरपालिकाको वडा नम्बर १८ मा पर्ने हात्ती चोकस्थित खुला मैदानमा गरिदै छ । फुड फेस्टिवलमा ७० देखि ८० वटा स्टल राखिने रेवानले जनाएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि गर्न लागिएको फेस्टिभल करिब ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

फेस्टिवलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न पशुपति शर्मा, मिलन लामा, रामजी खाँड, शिव परियार, मल्लिका कार्की लगायतका गायकगायिका तथा विभिन्न हास्यकलाकारका प्रस्तुतिका साथै मःम खाने, लस्सी पिउने, डोरी तान्ने लगायतका प्रतियोगिता राखिएको फेस्टिवलका संयोजक शिरलाल परियारले जानकारी दिनुभयो ।
फेस्टिवलका क्रममा सौराहामा रहेका रेष्टुरेण्ट तथा होटलहरुमा २० प्रतिशत छुटको व्यवस्था गरिएको पनि रेवानले जनाएको छ ।