आज मनाङ–मस्र्याङदी क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली भिड्दै

फागुन १,पोखरा -पोखरामा जारी १३औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा आज मनाङ–मस्र्याङदी क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगिता दिउँसो पोखरा रंगशालमा हुने भएको छ ।

आजको विजेताले थ्रि स्टार क्लब संग उपाधीका लागी खेल्नु पर्ने हुन्छ । यस अघिको सेमिफाईनलमा नेपाल पुलिस क्लबलाई हराउदै थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो ।