पुलिसलाई १ -० ले पन्छाउँदै थ्रीस्टार फाइनलमा

माघ २९, पोखरा – नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार क्लब पोखरामा जारी १३औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा विहीबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले चिरपरिचित प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले हरायो । थ्रीस्टारका लागि प्रकाश बुढाथोकीले खेलको ८५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पुलिसका गोलरक्षक रितेश थापालाई कुनै मौका नै नदिइ बुढाथोकीले आकर्षक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याएका हुन् ।

थ्रीस्टारले उपाधिका लागि मनाङ–मर्स्याङ्दी क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ ।