संवैधानिक परिषदको बैठक आज बस्दै

फागुन १,काठमाडौँ-संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक माअ‍ोवादी अधयक्ष पुष्पकमल दाहाल नआए पछि आज विहान १० बजेका लागी बोलाईएको छ । प्रधानमन्त्री सुशील कोइरालाले सिंहदरबारमा बोलाउनु भएको बैठकमा लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसबारे छलफल हुने जनाइएको छ । लोकसेवा आयोगमा पाँच पदाधिकारी हुनुपर्नेमा हाल दुई पद रिक्त छन् ।

अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ४ गते सकिँदै छ । परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । तर, दलीय भागबण्डाको विवादले परिषदले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेको छ । लोकसेवा आयोग पदाधिकारी विहीन भए कर्मचारीको नयाँ नियुक्ति, सरुवा बढुवा लगायतका प्रक्रिया अबरुद्ध हुनेछ ।