मेरो एउटै उदेश्य संविधान : प्रधानमन्त्री कोइराला

माघ २९,काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो एउटै र अन्तिम उदेश्य शान्ती  र संविधान भएको र आफु हर हमेशाा डढेर लागेको बताएका छन् । सिंहदरबारमा बिहिबार नागरिक समाजका अगुवासँग कुराकानी गर्दै प्रम कोइरालाले  राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्भर्ने बताएका छन् ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरुले आग्रह गरेको बताए । सो अवसरमा प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले जानकारी दिए ।