मनाङ–मर्स्याङ्ग्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै

माघ २८, पोखरा – पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज दाबेदारहरु मनाङ–मर्स्याङ्ग्दी क्लब र त्रिभुवन आर्मी क्लब विच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगिता पोखरा रंगशालामा दिउँसो हुँदैछ । प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा हिजो थ्रीस्टारले झापा–११ लाई २—० ले पराजित गदै अन्तिम चारमा ठाउँ पक्का गरेको छ ।

यसअघिका खेलहरुमा विजयी हुँदै नेपाल पुलिस क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।