नेपाल भारत संयुक्त सुरुक्षा बैठक आजबाट सम्पन्न हुँदै

माघ २८, पोखरा – नेपाल भारत संयुक्त सुरुक्षा बैठक आज पोखरामा सम्पन्न हुँदैछ । हिजोबाट दुई देशको गृहमन्त्रालय स्तरीय बैठक आज समपन्न हुने भएको हो । बैठकमा सीमा व्यवस्थापन, सीमामा हुने अपराध, हातहतियार, नक्कली मुद्रा, सीमा क्षेत्रमा हुने डुबान, लागूऔषध, मानव बेचबिखनलगायतका विषयमा छलफल सुरु भएकोछ ।

बैठकमा यसअघिका निर्णय कार्यान्वयनको प्रगति समीक्षा पनि हुने गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले जानकारी दिनु भएको छ । त्यसैगरी बाँके, रुपन्देही, पर्सा र मोरङका प्रमुख जिल्ला अधिकारीसहित बैठकमा नेपालीबाट १६ जनाको सहभागिता छ ।
यस्तै भारतीय गृह मन्त्रालयका सहसचिव हितेशकुमार मकवानाको नेतृत्वमा १५ जनाको सहभागिता रहेको छ ।