ईङलिस् प्रिमियर लिगका गएरातिको खेलमा लिभरपुल र आर्सनल बिजयी

माघ २८, काठमाडौं – ईङलिस् प्रिमियर लिगका गएरातिको खेलमा लिभरपुल र आर्सनल बिजयी भएका छन् । आर्सनलले लेईसेस्टर र लिभरपुलले टोटेनह्यामलाई हराएको हो । आर्सनलले लेईसेस्टरलाई २— १ ले हराएको हो । पहिलो हाफमा २— ० ले पछि रहेको लेईसेस्टरले दोश्रो हाफमा १ गोल फर्काएको थियो । जितसँगै आर्सनल २५ खेलबाट ४५ अंक जोड्दै लिगको अंकतालिकामा चौैथो स्थानमा उक्लिएको छ । यसैगरी घरेलु मैदान एनफिल्डमा लिभरपुरले टोटेनह्यामलाई ३ — २ ले हरायो । लिभरपुलका लागि मार्कोभिक, जेरार्ड र बालोटेलीले गोल गरे । लिभरपुल ४२ अंकका साथ लिगको सातौ स्थानमा छ ।