आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल आज हुदै

माघ २७, पोखरा – पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार क्लब र झापा–११ विच प्रतिष्पर्धा हुदै छ । यस अघिको दोसा्रे क्वाटफाईनलमा सुदूरपश्चिमान्चल फुटबल क्लब कैलाली सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको क्वार्टरफाइनलमा एल्टरसट टाउन फुटबल क्लबलाई ३–० ले हराउँदै कैलालीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
यसअघि सिमराको नव जनजागृति युवा क्लबलाई १–० ले हराउँदै नेपाल पुलिस क्लब अन्तिम चारमा पुगिसकेको छ । झापाले प्रिक्वार्टरफाइनलमा जगदम्बा लुम्बिनी फुटबल क्लब बुटबलाई हराएको थियो भने थ्रीस्टारले सीधै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।