चौथो साँफेबगर महोत्सव आजबाट सुरु

माघ २७, अछाम – चौथो साँफेबगर महोत्सव आजबाट सुरु हुँदैछ । आज देखि फागुन ४ गते सम्म संचालन गरीने महोत्सवमा विभिन्न स्थानीय साँस्कृतिक समूह तथा परम्परागत टोलीहरुको स्टलहरु राखिने महोत्सव मुल आयोजक समितिका संयोजक शिलोज कुँवरले जानकारी दिनु भयो ।

महोत्सवमा कृषिमा आधारित बस्तुहरुका साथै देउडा, न्याउले र भुवो लगायतका खेलहरु प्रर्दशन गरिने महोत्सवमा सूदुरपश्चिमका पर्यटीय स्थलहरुको बृतचित्र, फोटो तथा पोष्टरहरु समेत प्रर्दशनीका लागि राखिदै छ । दर्जनौ कलालकारहरुका प्रस्तुती देखाइने उक्त महोत्सवको लागत करिब ३६ लाख ५० हजार रहने अनुमान गरिएको छ । महोत्सवमा करिब १ लाख दर्शकले अबलोकन गर्ने आयोजकको दाबी छ ।