कोटाभन्दा बढी तेल दिन इन्डियन आयल कर्पोरेसन सहमत

माघ २७, काठमाडौं – इन्डियन आयल कर्पोरेसन नेपाललाई अहिले कायम रहेको कोटाभन्दा बढी तेल दिन सहमत भएको छ । पेट्रलियम पदार्थ र एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला त्यसलाई सर्भसुलभ बनाउने प्रयासस्वरुप भारतीय निगमसँग वार्ता गर्न भारत पुगेको निगमका टोलीसँग भारतीय निगमले कोटाभन्दा बढी तेल दिन सहमति जनाएको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशन गोपाल खड्काले आफूहरुले तेलको कोटा बढाउन राखेको प्रस्तावलाई भारतीय पक्षले सहमति जनाएको भन्दै यसले पेट्रलियम पदार्थ र एलपी ग्यासको सहज आपूर्ति र वितरणमा सहजता ल्याउने विस्वास व्यक्त गरे ।

उनले हाल ३ सय ५० गाडीले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएरकोमा अव संख्या बढाएर ६ सय ओटा गाडी पुर्याइने समेत जानकारी दिए ।
यस्तै वार्तामा अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारबारे भारतीय पक्षले चासो देखाएको तथा सोको प्रक्रिया अघि बढिसकेको अवस्थामा चाडो पूरा गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।