नेपाल भारत संयुक्त सुरुक्षा बैठक आजबाट सुरु

माघ २७, पोखरा -नेपाल भारत संयुक्त सुरुक्षा बैठक आजबाट पोखरामा सुरु हुँदै छ । खुईदिने संयुक्त बैठकमा नेपालले भारतबाट आएका नक्कली रुपयाँ सम्बन्धी मुद्दा उठाउँने भएको छ । पछिल्लो समय भारतमा छापिएका नेपाली नक्कली नोट फेला परे पछि नेपालले ओपचारीक एजेण्डा बनाएको हो ।

नेपालको प्रतिनिधीत्व गृहमन्त्रालयका शान्त्रि सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकाललेगर्दै आउँनु भएको छ भने भारत तर्फ भारतिय गृह मन्त्रिालयका सहसचिव हितेशकुमार मकवानाले प्रतिनिधित्व गर्दै आउँनु भएको छ । बैठकका लागी भारत तर्फका मकवानको नेतृत्वमा १६ सदस्य हजो नै नेपाल आई सकेका छन् । पछिलो समय नक्कली नेपाली रुपयाँमा भारतिय नागरिकको बढ्दो संलग्नता र कारोबारीको बयानबाट नक्कली नोट भारतमा छापिने खुलासा भएकाले पहिलो पटक दुवै देशका गृहमन्त्रालयको अधिकारीको औपचारीक बैठकमा नक्कली नोट नियान्त्रणको मुद्दा उठाईने भएको गृहमन्त्रिालय स्रोले जनाएको छ ।