प्रश्नावली माथि पर्सीबाट भोटीङ सुरु गर्ने

माघ २७, काठमाडौं-संविधानका विवादीत विषयमा २३२ प्रश्न तयार भए पछि संविधान निमार्णको काम तिब्र रुपमा अघि बढ्ने भएको छ । संविधान निमार्णको दुई धु्रबमा उभिएका दलहरुविच सहमती हुन नसकेपनि प्रक्रिया नरोकीने सभाध्यक्षको भनाई संगै संविधान निमार्णको काम तिब्र रुपमा अघि बढ्ने भएको हो । प्रश्नावली प्रस्ताव समिती गठन सँगै थप रुष्ट बनेको एमाओवादी नेतृत्वको मोर्चा र प्रक्रियामा संविधान बनाउँन लागी परेको सत्तारुढ कांग्रेस एमाले विच पछिलो समय वार्ता र सम्वाद हुन सकेको छैन् । प्रक्रिया खारेजिको माग गर्दै वार्तामा बस्न ईन्कार गरेको एमाओवादी र सत्तारुढ दल विच भोली सम्म सहमती नभए पर्सि बस्ने संविधान सभाको बैठकमा तयारी प्रश्नावली माथि भोटीङ सुरु गरिने सभाध्यको भनाई रहेको छ ।

प्रधानमन्त्रि शुसिल कोईरालाले औपचारीक रुपमा वार्ताका लागी आवहन गरे बार्ताको टेवलमा बस्ने बताएको मोर्चाले आफ्नो माग सम्बोधन हुने औपचारीक आवहनमा उल्यख नभएको भन्दै वार्तामा नजाने भएको छ । यता सत्तापक्षले पनि मोर्चालाई निर्सत वार्ताकालागी आवह नगरेका छन् ।
यसैविच भोली सम्म आफ्नो मुद्दा संविधानमा समेट्ने प्रयास नगरे राप्रपा नेपालले पनि संविधान सभा बहिस्कार गर्ने भएको छ । राप्रपाले प्रश्नावली निर्माण समितिले धर्म निरपेक्षता, गणतन्त्र र संघियताको विषयमा प्रश्न नबनाउने भन्ने निर्णय नसच्याऐ आगमी बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।