प्रश्नावली समिति खारेज नगरी वार्ता असम्भव : मोर्चा

माघ २६, काठमाडौं-एमाओवादी नेतृत्वको मोर्चाले प्रश्नावली समिति खारेज गरे मात्र वार्तामा बस्न सकिने जवाफ पत्रवाट नै फर्काएको छ । प्रधानमन्त्री सुशील कोइरालाले लिखित निम्तो दिएको भोलीपल्ट सोमबार विहान सिंहदरबारमा बसेको वैठकले प्रचण्डको हस्ताक्षरसहितको बक्तब्य जारी गर्दै सरकारले आह्वान गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेको छ ।

पत्रमा प्रश्नावली समिति खारेज गरे वार्तामा बस्न सकिने जनाईएको छ । बैठकले माघ ५ गते अघि बढाइएको संविधानसभाको प्रक्रिया सच्याउनुपर्ने र विगतका सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउनुपर्ने सरकारसँग माग गरेको छ । कोइरालाले आइतबार वार्ताका लागि गरेको आह्वान अमूर्त र अस्पष्ट रहेको विज्ञप्तीमा जनाईएको छ ।