प्रश्नै प्रश्नको घेरामा संविधानसभामा, समितिले बुझायो २३२ प्रश्‍नहरु

माघ २६, काठमाडौं-प्रश्नावली निर्माण समिति तथा उपसमितिले प्रश्नावलीलाई अन्तिम रुप दिएर आज  संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ। जसले संविधान लेखनका विवादलाई प्रक्रियाबाट टुंगो लगाउनका लागि दुई सय ३२ प्रश्नहरु तयार गरेको संसद सचिवालयले जनाएको छ ।

आगामी माघ २९ गते बस्ने संविधानसभाको बैठकमा सभाध्यक्षले प्रश्नावलीलाई पेस गरेपछि त्यसउपर मतदान हुनेछ। मतदानबाट टुंगो लागेका विषयलाई मस्यौदा निर्माण समितिमा पठाइने छ।

समितिका सभापति कुलबहादुर गुरुङले प्रतिवेदन बुझाएपछि सभाध्यक्ष नेम्वाङले दलहरुलाई सम्वाद र सहमतिका लागि अठार दिनको मौका दिदा पनि केही प्रगति हुन नसकेको बताउँदै संविधानसभाको प्रक्रिया अब नरोकिने बताए ।