एमाओवादी जिम्मेवार बन्नु पर्छ : सुजाता

माघ २६,काठमाडौँ-  नेपाली काँग्रसकी नेत्री सुजाता कोइरालाले तत्कालीन माओवादी शान्ति प्रक्रियाको बाटोमा आउनु पर्ने बताउनु भएको छ । एमाओवादी सहितको मोर्चापनि संविधान निमार्णको एउटा हिस्सा भएकाले लचक र जिम्मेवार भएर संविधान लेखन प्रक्रियामा आउनु पर्ने उहाँले बताउनुभयो ।

नेत्री कोइरालाले एमाओवादी संविधान निमार्ण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्ने बताउनुभयो । “तत्कालीन समयमा १२ बुदे सहमति र बिस्तृत शान्ति संझौतामा सात दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नु भएको थियो भने तत्कालीन बिद्रोही शक्तिको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्नु भएको हुनाले उहाँहरु लोकतान्त्रीक प्रक्रियाबाट भाग्न मिल्दन”ै कोइरालाले भन्नुभयो ।

उहाँले पछिल्लो समय प्रधानमन्त्रीले थाल्नु भएको सहमतिको प्रयास सराहनीय रहेको भन्दै तत्काल एमाओवादीलाई सहमतिमा ल्याएर संविधान जारी गर्नु पर्नेमा जोड दिनु भयो ।
आज संचारकर्मीहरुसंग कुरागर्दै नेपाली कांग्रेसकी नेतृ कोइरालाले अन्तरीम संविधान अनुसार नै प्रक्रियामा अगाडि बढेको भएकाले लोकतान्त्रीक मुल्य र मान्यतालाई सबै राजनीतिक दलहरुले स्वीकार्नु पर्नेमा जोड समेत दिनु भयो । मुलुक संविधान लेखन प्रक्रियामा गएतापनि संवाद र सहकार्यको ढोका भने खुल्ला रहेको नेतृ कोइरालाको भनाइ छ ।

कोइरालाले एमाओवादीले नेतृत्व गरेको मोर्चालाई पार्टीगत र व्यत्तिगत स्वार्थ भन्दा माथी उठेर मुलुक र जनताको अधिकतम हितलाई ध्यानमा राख्दै बहुमत जनताको जनादेशलाई सम्मान गर्दै संविधान लेखन प्रक्रियामा सहभागी हुन आग्रह समेत गर्नु भयो ।