विपक्षि दल वार्तामा आउने प्रधानमन्त्रीको विश्वास

माघ २६,काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले विपक्षि दल आन्दोलन छोडेर वार्तामा आउने विश्वास व्यक्त गर्नु भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी बैद्य समुहको ध्यानाकरषण पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आन्दोलन छोडेर वार्ताबाट नै सहमति खोज्न आग्रह गर्नुभयोे ।

कोईरालालले वार्ताका लागि आफुले आह्वान गरिसकेको भन्दै अब समितिबाटै संविधान निमार्ण पुणर्ता पाउने विश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्री कोइरालाले आन्दोलनले देश बर्बाद भएको भन्दै अब विकासका कुरा गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको हो । राण्कालदेखि नै नेपालमा आन्दोलन हुदै आएको चर्चा गर्दै कोइरालाले आन्दोलनले राजनीतिक स्थीरता नहु“दा नेपाल विकासमा पछि परेको स्पष्ठ पार्नुभयो । एक अर्को प्रसगमा प्रधानमन्त्री कोइरालाले नया“ संविधान जारी हुने बित्तिकै अन्तरास्ट्रीय लगानी ओइरिने र युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने दाबी गर्नुभयो ।