विपक्षीलाई पत्रै लेखेर प्रधानमन्त्रीले वार्तामा बोलाउँदा विपक्षीले अपुरो भने

माघ २५, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी नेतृत्वको मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका छन्।आइतबार एक लिखित वक्तव्य जारी गर्दै कोइरालाले एमाओवादी नेतृत्वले विपक्षी मोर्चालाई वार्तामा बस्न आग्रह गरेको छन् ।

हिजो एक कार्यक्रममा सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी भइरहेको र छिटै ब्रेक थ्रु हुने बताएका थिए। त्यसको लगत्तै कोइरालाले आज उनीहरुलाई वार्तामा बोलाएका हुन् ।

प्रश्नावली समिति गठन गर्ने संविधानसभाको निर्णय र प्रक्रिया खारेज नभएसम्म वार्तामा नआउने अडान लिएर आन्दोलन घोषणा गरेको एमाओवादी नेतृत्व शनिबार केही लचिलो भएर लिखित वक्तव्य आए आन्दोलन छोडेर वार्तामा फर्किने संकेत दिए पनि एमाओवादीले आइतबार जारी वक्तब्यलाई अपुरोको संज्ञा दिएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्राइ लगायतका शिर्ष नेताले बिस्तृत शान्ती सम्झौता र १२ बुँदेलाई विज्ञप्तीले समेट्न नसकेको जनाएका छन् ।