सर्वोच्चले सफाइ दियो अच्युतकृष्णलाई

माघ २५, काठमाडौं  पूर्वप्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई सर्वोच्च अदालतले सफाइ दिएको छ । अकुत सम्पत्तिको मुद्दामा झन्डै दस  वर्षसम्म भ्रष्टाचारको आरोप खेपेका खरेलमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायार गरेको थियो। विशेष अदालतले भ्रष्टाचारको कसुर नदेखिएको भन्दै सफाइ दिएपछि पनि दुईपटकसम्म सर्वोच्चमा तानिएको यो मुद्दामा अन्ततः खरेलले जितेका छन् ।

खरेललाई सफाइ दिने निर्णयमा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपटक गरेको पुनरावेदनमा हदम्याद नाघेको भन्दै सर्वोच्चले विशेष अदालतमा मुद्दा फर्काइदिएको थियो । विशेष अदालतले पुनः सफाइ दिने फैसला गरेपछि अख्तियारले फेरी विशेषको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । त्यही पुनरावेदनउपर भएको सुनुवाइमा सर्वोच्चले आइतबार अन्तिम फैसला सुनाएको हो।