संविधानका विवादित विषयमा प्रश्नावली तयार, राज्यपुनरसंरचना विषयमा अन्तिम निर्णय भोली हुने

माघ २५,काठमाडौँ-संविधानका विवादित मानिएका आधारभुत सवै बिषयमा प्रश्नावली तयार भएको छ । प्रश्नावली बनाउने जिम्मा पाएको उपसमितिले आज राज्यपुनरसंरचनासंग सम्बन्धित ७२ वटा प्रश्न बनाएर प्रश्नावली प्रस्ताव समितिको पुर्ण बैठकमा बुझाएपछि प्रश्नावली बनाउने सम्पुर्ण काम सकिएको उपसमिति सदस्य सिपी मैनालीले सीआईएनलाई जानकारी दिनुभयो । आज दिउँसो ३ बजे बसेको पुर्ण समितिको बैठकमा अग्नीप्रसाद खरेल नेतृत्वको उपसमितिले ७ वटा बिषयको प्रश्नावली बुझाएको हो । उपसमितिले शासकीय स्वरुप, निर्वाचन प्रणाली, संविधानको प्रस्तावना, संविधान संसोधन, मौलिक हक लगायतको बिषयमा यसअघि नै प्रश्नावली बुझाईसकेको थियो । राज्यपुनरसंरचना बाहेकका सवै बिषयका प्रश्नावली पुर्ण समितिले पारित समेत गरिसकेको छ । तर आज बुझाईएको राज्यपुनरसंरचना बारेको प्रश्नावली भोली बस्ने पुर्ण समितिमा छलफल भएपछि पारित गरिने मैनालीले जानकारी दिनुभयो ।