एमालेको इसारामा हिँड्दै काँग्रेस : काँग्रेस दोस्रो वरियताका नेता

माघ २५,काठमाडौँ-नेपाली काँग्रेसका दोश्रो बरियताका नेताहरुले संविधानसभा र सिंहदरवार दुबै स्थानमा एमाले हावी भएको भन्दै शिर्ष नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । भोलीका लागी बोलाइएको पार्टी केन्द्रिय कमीटिको बैठक पनि अनिश्चितकालका लागी स्थगीत गरिएको र प्रधानमन्त्री शुशिल कोइरालाला एमाले अध्यक्ष केपी शर्मा ओलीको इशासामा हिँडेको दोश्रो वरियताका नेताको आरोप छ ।

दोश्रो वरियताका नेताहरु प्रदिप गीरी, चन्द्र भण्डारी, अर्जुन नरसिंह् केसी लगायतका नेताहरुले शीर्ष वरियतामा आसिन पाटी सभापति समेत रहेका प्रम कोइराला, उपसभापति रामचन्द्र पौडेल तथा बरिष्ठ नेता शेरबहादुर देउवा प्रति लक्षित गर्दै असन्तुष्टीको प्रश्न तर्स्याएका हुन् । उनीहरुले संचारकर्मीसँग पछिल्लो समय यस्तो रोष प्रकट गर्दै आएका छन् ।

शनिबार मात्रै एक कार्यक्रममा काँग््रेसका विचारवादी मानिइएका नेता गिरीले शीर्ष नेतृत्व ठुलो पार्टीको काँग्रेस पछि लागेको बताएका थिए । जसका कारण विपक्षीहरुले पनि प्रधानमन्त्रीलाई विश्वास गर्न छाडेको गिरीको निष्कर्ष थियो । यसैबिच तत्काल केन्द्रीय कार्य समिति बैठक बोलाएर पार्टीले संविधानका अन्तरवस्तुमा लिने अडान र नेतृत्वदायी भूमिका प्रष्ट पार्न अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरुले दबाव दिएका छन् ।