राष्ट्रिय खेल छनोटमा राखेपको अग्रसरता

माघ २५,काठमाडौँ-राष्ट्रिय खेलकुद परिषद्ले नेपालको राष्ट्रिय खेल छनोट गर्न सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्दै छ । छलफल तथा अन्तरक्रिया त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने बताइएको छ ।  यसअघि नेपालको राष्ट्रिय खेल डण्डिबियो र कपर्दि भनिए पनि आधिकारीकता नभएकाले अन्योलता अन्त्य गर्न खोजिएको राखेपले जनाएको छ । राष्ट्रिय खेल चयन गर्न भनेर डेढ दशकदेखि प्रयास हुँदै आए पनि सफल भएको छैन । नेपालको राष्ट्रिय खेल छनोट गरेर प्राथमिकताका आधारमा युवा तथा खेलकुद मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेल छनोट समिति गठन गरिएको थियो ।