नेको इन्स्योरेन्सले अर्को साताबाट ११ करोडको हकप्रद जारी गर्ने

माघ २५,काठमाडौँ- नेको इन्स्योरेन्स लिमिटेडले फागुन १४ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ लाख  लाख ४७ हजार ७८४ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको लिमिटेडले जनाएको छ । कम्पनीसँग अहिले १३ करोड  ५२ लाख रुपैयाँ चुक्ता पुँजी । कम्पनीले १ः०८४ को अनुपातमा हकप्रद सेयर निस्कासन गरेपछि पुँजी २५ करोड रुपैयाँ पुग्ने छ ।  कम्पनीमा ६० प्रतिशत संस्थापक र बाँकी ४० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ । नेकोमा समूहको करिव ३८ प्रतिशत सेयर लगानी गैरआवासीय नेपाली डा। उपेन्द्र महतो र समूहको छ । कम्पनीले पुँजी करिव ५० करोड रुपैयाँ पुर्याउन लक्ष्य लिएको छ ।