नेपाल वायुसेवा निगमको जहाज फ्रान्सबाट आज नेपाल ल्याइदै

माघ २५ ,काठमाडौँ- नेपाल वायुसेवा निगमको जहाज आज फ्रान्सबाट नेपाल ल्याइने भएको छ । विदेश उडान गर्ने योजनासहित जहाजलाई आज नेपाल ल्याउन लागिएको हो । एअरबस लिन पुगेको उच्च सरकारी टोलीसहित अवतरण हुने जहाजको स्वागतका लागि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । युरोपको एअरबस कम्पनीले निर्माण दुईवटा जहाजमध्ये एउटा जहाज आज नेपाल आइपुग्ने भएको हो । एक सय ५८ सिट क्षमता रहेको एअरबस उडानको जिम्मा नेपाली पाइलट टोलीले लिने भएको छ ।