दैनिक उपभोग्य सामाग्रि किन्दा ठगिने गरेको जुम्लाका स्थानीय नागरिकको गुनासो

माघ २५ ,जुम्ला- जुम्लाका सर्वसाधारणले आफुहरु दैनिक उपभोग्य सामग्री किन्दा व्यापारीबाट ठगिने गुनासो गरेका छन् । व्यापारिहरुले दैनिक उपभोग्य सामानको मूल्य सुचि राखेर बेच्नु पर्नेमा बिना मूल्य सुचि विक्रि वितरण गरिरहेकाले आफुहरु ठगिएको उपभोक्ताको गुनासो छ । पसलै पिच्छे उपाभोग्य सामानको मूल्य फरक पाइने भएकाले ठगिने गरेको चन्दननाथ नगरपालिकाका सुरोज पण्डितले बताउनुभयो ।

स्वस्तिक तेलल किन्दा नै उपभोक्ताले कतै ८० त कतै ९० रुपैयाँमा किन्नु पडित बनाउनुहुन्छ । यस्तै ताम्ती गाविसका धनसरा कुँवरले पनि मूल्य सुचि निर्धारण नभएका कारण व्यापारीले मान्छेको अनुहार हेरेर व्यापार गरेको आरोप लगाउनु हुन्छ । चन्दननाथ नगरपालिकाकै टंक भण्डारी पनि दैनिक उपभोग्य सामानबाट ठगिएको बताउनु हुन्छ । जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघ जुम्लाले प्रत्येक पसलहरुमा मूल्य सुचि टास्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन नसक्दा समस्या भएको छ । बारम्बार बजार अनुगमन भएपनि व्यापारीहरुले नियम नमानेकाले समस्या भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।