एमाले स्थाइ कमिटीको बैठक आज पनि बस्दै

माघ २५ ,काठमाडौँ- नेकपा एमाले स्थाइ कमिटीको बैठक आज पनि बस्ने भएको । पार्टी कार्यालय बल्खुम मध्यान्ह १२ बजे बैठक सुरु हुने पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा आज पनि विपक्षीमोर्चालाई वार्तामा ल्यान पार्टीको भुमिका र आगामी रणनितिका विषयमा छलफल हुनेछ ।

यसैबीच हिजोको बैठकले दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि सार्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन आग्ह गरेको थियो । माघ ५ गते पार्टी अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाटै फेरि सम्वाद सुरु गर्न सकिने एमालेको निष्कर्ष थियो ।