फुटबल मैदान रणभूमिमा परिणत

माघ २३,काठमाडौँ – अफ्रिकामा जारि अफ्रिका कप अफ नेसन्स ९एफ्कन० अन्तर्गतको हिजो भएको दोस्रो सेमिफाईनल खेल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ । घाना र गिनीबीच भएको उक्त खेल करिब २० मिनेट अवरुद्ध भयो । पहिलो हाफमा २–० को अग्रता लिएको घानाले ७२ औं मिनेटमा तेस्रो गोल गर्यो । घरेलु समर्थकहरुले घानाका खेलाडीहरुमाथि बोटल प्रहार गर्न थालेपछि ८२ औं मिनेटमा खेल अवरुद्ध हुन पुग्यो ।

गिनीका घरेलु समर्थक र घनाका समर्थक एक आपसमा भिड्ने अवस्था आउन थाले पछि प्रहरीले खेलाडीहरुलाई सुरक्षित स्थानमा लगि भिड तितरतिवर पार्न अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीको प्रयास बिदाल भएपछि मैदानमा हेलिकोप्टर समेत प्रयोग गर्नु परेको थियो । मैदानमा भएको बोतल लगाएत खेलाडी माथि प्रहार भएका अन्य बस्तुहरु हटाएपछि खेल पुनस् सुरु गरिएको थियो। घानाले अब उपाधिका लागि आइतबार आइभरी कोष्टसँग खेल्नेछ ।एजेन्सीको सहयोगमा