२७ करोडको लागतमा बन्ने भो ललीतपुरमा मुटु अस्पताल

ललितपुर -ललितपुरमा मुटु अस्पताल बन्ने भएको भएको छ । जसको शुक्रबार रोटरी क्लवका अन्तर्राष्ट्रिय अध्यक्ष ग्यारी सिके ह्वाङले  शिलान्यास गरेका छन् ।  ५० शैया क्षमता भएको उक्त अस्पताल ४ वटा संस्थाको संयुक्त लगानीमा बन्ने भएको हो ।

मनिडोल टोल सुधार समिति, रोटरी क्लव अफ हिमालय, रोटरी डिस्ट्रिक ३२१२ को पहलमा अस्पताल बन्न लागेको बताइएको छ । ४ वर्षभित्र निर्माणको लक्ष्य राखिएको १ रोपनी १० आना क्षेत्रफलमा निर्माण हुने अस्पताल २७ करोडको लगानीमा बन्न लागेको हो ।