मन्त्रीपरिषद बैठक सम्पन्न, १७ जना सचिवमा बढुवा

माघ २२,काठमाडौं- सरकारले १६ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद आज बसेको बैठकले टंकमणि शर्मा, श्रीधर सापकोटा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, दिनेश थपलिया र नवराज भण्डारीलाई सचिवमा बढुवा गरेको हो । यसैगरी ईश्वरीप्रसाद पौडेल, लक्ष्मण्ँप्रसाद मैनाली, शरदराज विष्ट, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, रामकुमार आचार्य, विजयकुमार मल्लिक, ईश्वरराज श्रेष्ठ र राजन खनाल सचिवमा बढुवा भएका छन् ।

यसअघि लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी नेतृत्वको बढुवा सिफारिस समितिले १४ सचिव पदमा बढुवाका लागि ४२ जनाको सहसचिवको नाम सिफारिस गरेको थियो ।