राप्रपा नेपालको नाराबाजीका बीच प्रश्नावली समितिको म्याद थप

माघ २२,काठमाडौं- राप्रपा नेपालको नाराबाजीकावीच संविधानसभा बैठकले प्रश्नावली निर्माण्ँ समितिको म्याद पा“च दिन थप गरेको छ । संविधानसभाको आज बसेको बैठकमा राप्रपा नेपालका सभासदहरुले प्रश्नावली समितिले गण्ँतन्त्र, धर्मनिरपेÔता र संघीयताबारे प्रश्न नबनाउने भनी गरेको निर्णयको विरोध गर्दै संविधानसभामा नाराबाजी गरेका थिए ।

विरोधकावीच समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको म्याद थप सम्वन्धी प्रस्ताव पेश गर्नुभएको थियो । बैठकले समितिको कार्यावधि ५ दिन थप्ने प्रश्ताबलाई बहुमतले पारित गरेको छ ।

आजको बैठक एमाओवादी, मधेसवादीसहितका विपÔी दलका सभासदहरु पनि बहिष्कार गरेका थिए । संविधानसभाको अर्को बैठक यही माघ २९ गतेका लागि बोलाइएको छ ।