राष्ट्रपति यादब र अध्यक्ष ओलीबीच राजनीतिक भेटवार्ता

माघ २२, काठमाडौँ- राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितलनिवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र संविधान निर्माण तथा चुनौतीका विषयमा छलफल भएको राष्ट्रपतिका प्रस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिए । करिब १ घण्टा भएको छलफलमा मुृलुकलाई छिटो भन्दा छिटो संविधान दिएर निकास दिने मुख्य एजेण्डा भएपनि प्रतिपक्षीलाई पनि संविधानसभामा ल्याउने पहल गर्न यादवले ओलीलाई सुझाव दिएका थिए ।