आहा–रारा गोल्डकप फुटबलमा आज लुम्बीनी फुटबल क्लब र झापा ११ भिड्दै

माघ २२,पोखरा- पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज लुम्बीनी फुटबल क्लब र झापा ११ विच प्रतिष्र्धा हुने भएको छ । हिजोको प्रतियोगीतामा भने सशस्त्र प्रहरीको टिम पहिलो खेलबाटै बाहिरिएको छ । सशस्त्र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीसँग १–० ले पराजित भएको हो । यसअघि १३ औं संस्करण्नको उद्घाटन खेलमै साविक विजेता आयोजक सहारा क्लब सिमराको नव जनजागृति युवा क्लबसँग पराजित हुँदै बाहिरिएको थियो । प्रतियोगितामा दुई विदेशीसहित १२ टोली सहभागी छन् ।