माईभ्याली गोल्ड कप फुटबल प्रतियोगीता अन्र्तगत आज दोस्रो सेमिफाइनल

माघ २२,इलाम -ईलाममा जारी माईभ्याली गोल्ड कप फुटबल प्रतियोगीता अन्र्तगत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आजको प्रतियोगीतामा रुपन्देही–११ र त्रिभुवन आर्मी विच प्रतिष्पर्धा हुने भएको छ । यस अघिको प्रतियोगीतामा थ्रीस्टार क्लब इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल नभएपछि खेल टाइब्रेकरमा निर्णायक बनेको हो ।