विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, १२ जना अझै बेपत्ता

माघ २२,काठमाडौं- ताइवानमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । १२ जना हराइरहेका छन् । हराईरहेकाहरुको खोजीलाई तीब्र पारिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । एजेन्सी

ट्रान्स एसिया एयरवेजको विमान बुधबार ताइपेइको सोङ्गसान विमानस्थलबाट किन्मन टापूतिर उडेको केहीबेरमै ताइपेइको नदीमा खसेको थियो । दुर्घटना पछि हिजै १५ जना यात्रुलाई जीवितै उद्धार गरिएको थियो ।
विमानमा पाँच जना चालक दलका सदस्यसहित ५८ जना सवार थिए । विमानमा धेरैजसो चिनियाँ पर्यटक चढेका विविसीले जनाएको छ ।