आज पनि आहारारा गोल्डकप फुटबल जारि, एपिएफ क्लब र सुदुर पश्चिम भिड्दै

माघ २१, पोखरा – पोखरामा जारीे आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज एपिएफ क्लब र सुदुर पश्चिम विच प्रतिष्पार्धा हुने भएको छ । हिजो उद्दघाटन खेलमा आयोजक सहारा क्लब प्रतियोगीताको पहिलो चरणबाटै बाहिरिएको छ ।

उद्घाटन खेलमा सहारा सिमराको नव जनजागृति क्लबले सहारालाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भए संगै बाहिरीएको हो । निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग पछ साहारा ४—३ ले परापजत भएको हो ।