२० प्रतिशत ईपीएस कामदार ‘बुक’

माघ २१,काठमाडौँ-दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यो वर्षका लागि खोलेको ५५ हजार कामदार कोटामध्ये पहिलो महिना जनवरीमै २० प्रतिशत बुकिङ भएको छ । मन्त्रालयले यसअघि जनवरीलाई ३०, अप्रिललाई ३० र जुलाई र अक्टुबरलाई २०(२० प्रतिशत छुट्याएको थियो ।

नेपालका लागि छुटयाएको ६४ सय ३१ कोटामध्ये साना उद्योग र कृषि तथा पशुपालन क्षेत्रमा २० प्रतिशत कामदार माग भएअनुसार प्रक्रिया अगाडि बढाइएको एचआरडी कोरियाले सार्वजनिक गरेको  छ ।

ईपीएस भाषा परीक्षा पास गरी श्रम सम्झौता प्रतीक्षामा रहेका नेपाली कामदारका लागि अब धमाधम श्रम सम्झौता आउनेछ । कृषि तथा पशुपालन क्षेत्रका लागि जनवरीमा ७० र अप्रिलमा ३० प्रतिशत गरी दुई चरणमा र उत्पादनमुलक क्षेत्रमा अक्टोबरसम्म माग हुने बताइएको छ ।

मन्त्रालयले छुट्याएको कोटामध्ये नेपाली कामदारका लागि यसअघि प्रकाशित तालिकाअनुसार जनवरीमा ५२२, फेब्रुअरीमा ३४८, मार्चमा १२७२, अप्रिलमा ८८१, मेमा १५६६, जुनमा ४८१, जुलाईमा २६०, अगस्टमा २६३, सेप्टेम्बरमा १५५, अक्टोबरमा १८७, नोभेम्बरमा १५९ र डिसेम्बरमा ३३७ जनालाई कोरिया ल्याइनेछ । एकपटक भाषा परीक्षा उतीर्णहरु रोजगारका लागि दुई वर्षसम्म योग्य हुने रोजगार तथा श्रम मन्त्रालयले जनाउदै आएको छ ।