रु.५ संकलन अभियानबाट पुस्तकालय स्थापना

माघ १७,काठमाडौँ- रु.५ संकलन अभियानको १४ औं कार्यक्रम अन्तर्गत बाग्लुङ जिल्लाको मुन्द्री देब निम्नमाध्यमिक बिद्यालयमा एक विशेष कार्यक्रम बिच पुस्तकालय स्थापना गरिएको छ । सामाजिक सन्जाल टुइटर प्रयोगकर्ताहरु बाट संकलन भएको नयाँ तथा पुराना विभिन्न स्तरका करिब २००० पुस्तक त्यहाँ स्थापना गरिएको छ ।

कार्यक्रममा विद्यार्थी ,अभिभावक ,शिक्षक ,बुद्धिजीवी गरि करिब ३०० जनाको सम्लगनता थियो । बिद्यालय र स्थानीय बासी पुस्तकालय निर्माण कार्यबाट उत्साहित हुदै रु ५ संकलन अभियानलाइ स्कुलका प्राध्यापकले हार्दिक धन्यवाद व्यक्त गर्दै रु ५ अभियन्ता भरत सापकोटा लाइ सम्मान पनि गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्राध्यापक ले अबका दिनमा पुस्तकालय प्रभाबकारी रूपमा संचालन हुने  जानकारी गराउनु भयो । कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न भएको हामीलाई रु ५ अभियन्ता भरत सापकोटाले जानकारी दिनु भयो ।